तुइन काटेर जयसिंह धामीलाई बेपत्ता बनाएको भारतले महाकाली नदीमा मैत्री पुल बनाउने

तुइन काटेर जयसिंह धामीलाई बेपत्ता बनाएको भारतले महाकाली नदीमा मैत्री पुल बनाउने


  • जन संचार
  • शुक्रबार, २३ पुष २०७८
  • 6.8K
    Shares

दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काट्दा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको बिषयमा मौन रहेको भारतले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बनाउने भाएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबारको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

स्मरण होस्, गत साउनको दोश्रो साता रोजगारीका लागि भारत जान दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटस्थति महाकाली नदी तर्न तुइन चढेका ३५ वर्षीय जयसिंह धामी नदीको बीच भागमा पुग्दा एसएसबीले देखेपछि तुइन काटेको थियो। तुइनको बीच भागमा पुगेका जयसिंह नदीमा डुबेको देखिएका हालसम्म बेपत्ता छन्। तर भारतले यस घटना बारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।  भारतीय विदेशमन्त्री एस जयशंकरले समेत त्यस घटना बारे अनबिज्ञता प्रकट गर्दै आएका छन्।

 

प्रतिक्रिया