साढे ३३ किलो सुन तस्करी प्रकरण : नाइके गोरेका भाई रमेशलाई अदालतमा उपस्थित गराइयो

साढे ३३ किलो सुन तस्करी प्रकरण : नाइके गोरेका भाई रमेशलाई अदालतमा उपस्थित गराइयो


  • जन संचार
  • बुधबार, २१ पुष २०७८
  • 2.6K
    Shares

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।
सो प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ का भाई समेत रहेका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको हो ।

अदालतमा उपस्थित गराइएका उनको बिहीबार बयान लिइने प्रहरीले जनाएको छ । दुबईबाट काठमाडौं आएका उनलाई मंगलबार प्रहरीले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

सुन तस्करी प्रकरणबारे रहस्य बाहिरिएपछि फरार रहँदै आएका थिए। उनी युएईमा बस्दै आएका थिए। उनीमाथि दुबईबाट सुन नेपाल पठाउने गरेको आरोप छ ।

प्रतिक्रिया