राष्ट्रिय सभा चुनाबमा सत्तारुढ गठबन्धनको भागबन्डा : कांग्रेस ६ माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५/५ सिट

राष्ट्रिय सभा चुनाबमा सत्तारुढ गठबन्धनको भागबन्डा : कांग्रेस ६ माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५/५ सिट


  • जन संचार
  • सोमबार, १९ पुष २०७८
  • 2.1K
    Shares

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा भागबण्डा भएको छ। सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डा गरे सहमति गरेको हो।

आज भएको सहमति अनुसार, रिक्त १९ सांसद पदमध्ये कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् । सोहि सहमति बमोजिम सत्तारुढ दलहरुले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मंगलबार आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गर्नेछन।

 

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।

 

प्रतिक्रिया