किसानहरुलाई वितरण गरिने मल मिलोमतोमा गुणस्तरहीन खरिद गरेर झन्डै एक अर्ब ५२ लाख रुपियाँ बराबरको भ्रस्टाचार भएको भन्दै कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। प्रतिवादी प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको छ ।
सरकारले तोकेको गुणस्तरमा नरहेको डीएपी मल खरिद गरेर आर्थिक अनियमितता गरेको कसुरमा आईतबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।