पुरानो घर एमाले पार्टी कार्यालय सम्झिएर रोइन्, शहरी विकासमन्त्री झाँक्री

पुरानो घर एमाले पार्टी कार्यालय सम्झिएर रोइन्, शहरी विकासमन्त्री झाँक्री


  • जन संचार
  • शनिबार, १७ पुष २०७८
  • 4.7K
    Shares

शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा आफ्नो राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी हुन् ।

आफुले शुक्रबार उद्घाटन गर्न लागेको एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालय नजिक रहेको एमाले पार्टी कार्यालयको पक्की भवन निर्माण गर्दाको दु:ख सम्झिदै उनी भक्कानिइन्। उनले नेकपा एमालेलाई लक्षित गर्दै ‘पुरानो घर’को संज्ञा दिएकी थिइन् । र ‘नयाँ घर’को रुपमा नेकपा एकीकृत समाजवादीलाई अर्थ्याएकी थिइन् । त्यतिबेलाको दु:ख सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

भाडाको घरमा पार्टी कार्यालय स्थापना गर्दै मन्त्री झाँक्रीले जिन्दगीका अनगिन्ती राजनीतिक अफ्ठयारा सम्झेर गहभरी आँशु झार्दै भनिन्, ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गर्छौ ? राजनीतिक यात्रा कसरी अगाडी बढछ ? तर आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ ।’

उनले वर्तमान गठबन्धन भत्काउन नेकपा एमाले सक्रिय रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नटुट्ने बताइन् । झाँक्रीले एमालेको चरित्रकै कारण आवश्यकताका आधारमा गठबन्धन बनेको बताइन् ।

जनताको समस्या समाधान गर्ने एकमात्र थलोको रुपमा रहेको व्यवस्थापिका संसद्‍लाई नेकपा एमालेले बन्धक बनाउन नहुने पनि उनको भनाइ थियो । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिँदै नागरिकलाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरेकी छन्

‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् ।

निर्वाचन भए एमाले पत्तासाप

मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताइन् । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् ।

सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् ।

जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको उनको भनाइ छ । संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई मन्त्री झाँक्रीले सुझाव दिइन् ।

मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन बताइन् । मन्त्री झाँक्रीले देशको आवश्यकताको आधारमा एमालेकै सक्रियतामा गठबन्धन बनेको दावी गरिन् ।

प्रतिक्रिया