नेकपा माओवादी केन्द्रको काठमाण्डौस्थित प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा हाँसो उठ्दो जवाफ दिएका छन्।
महाधिबेशनमा सहभागी प्रतिनिधिहरुले राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्ने मत राखिरहेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे बन्दसत्रमा हाँसो उठ्दो जवाफ दिएका हुन्। उनले बन्दसत्रमा एमसीसी बारे धेरै बोल्न नपर्ने बताउदै प्रचण्डले अघि भने , ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले यसो भन्दा हलमा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’ भनेका छन् । तर बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए ।