भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको निधन , तीन जना बेहोश

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको निधन , तीन जना बेहोश


  • जन संचार
  • बिहिबार, १५ पुष २०७८
  • 2.2K
    Shares

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको निधन भएको छ भने अन्य तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको निधन भएको हो । कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको निधन भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए । एकै परिवारका उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको र झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर निधन भएको हुन् सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया