बिहानैदेखिको देशभर भारी वर्षा र हिमपात, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह

बिहानैदेखिको देशभर भारी वर्षा र हिमपात, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह


  • जन संचार
  • बुधबार, १४ पुष २०७८
  • 2.6K
    Shares

आज देशभर अधिकांश स्थानमा भारी वर्षा भएको छ भने पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ । लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।

मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातसमेत भइरहेको छ ।

बुधबार आज धेरैजसो स्थानमा पूर्वतय बदली रहने र उच्च वर्षासमेत हुने बताइएको छ । यो समयमा पर्वतारोहण, हवाईरयातायात लगायत नगर्न सुचनासमेत जारी गरेको छ । दैनिक जनजीवनमै असर पर्नेगरी मौसम अनुकुल हुने हुनाले सतर्कता अपनाउन मौसमविदहरुले जानकारी गराएका छन् । चिसोबाट बच्न आग्रहसमेत गरिएको छ । वर्षा हुनेक्रम बिहीबार र शुक्रबार पनि जारी रहनेछ ।

बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया