रौतहटमा जन्ती बोकेको स्कोरपियो जीप दुर्घटना : छ जनाको निधन, तीन जना घाइते

रौतहटमा जन्ती बोकेको स्कोरपियो जीप दुर्घटना : छ जनाको निधन, तीन जना घाइते


  • जन संचार
  • बुधबार, १४ पुष २०७८
  • 4.6K
    Shares

रौतहटमा मंगलबार अपरान्ह ४ बजे जन्ती बोकेको स्कोरपियो जीप दुर्घटना हुँदा छ जनाको निधन भएको छ। रौतहटको जिल्लाको गढीमाई नगरालिका–३ गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटीया टोलमा जन्ती गएर फर्कने क्रममा भारतीय नम्बर बीआर ०५ पीए ६९५३ नम्बरको रातो स्कोरपियो गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिकाको जयनगरमा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा.मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, शेख अबुलेसको निधन भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी सोही दुर्घटनामा परेर १५ वर्षीय शेख अमानत, १६ वर्षीय शेख अलफाज, १७ वर्षीय शेख करिमुल्लाह गम्भीर घायते भएका छन् । घाइतेहरुको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । दुर्घटनाबाट घाइते भएकाहरुको गरुडास्थित ग्रान्डी अस्पताल, हेल्थल्याण्ड अस्पतालमा र वीरगञ्जमा उपचार भइरहेको छ ।

नौजना जन्ती बोकेको त्यस गाडी सडकबाट उछिट्टिएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । तीब्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया