माओवादी पार्टी एकीकरणका लागि क्रान्त्रिकारी माओवादीका नेता गजुरेलले अघि सारे तीन कडा शर्त

माओवादी पार्टी एकीकरणका लागि क्रान्त्रिकारी माओवादीका नेता गजुरेलले अघि सारे तीन कडा शर्त


  • जन संचार
  • मंगलबार, १३ पुष २०७८
  • 2.9K
    Shares

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन चलिरहदा माओवादी पार्टीहरु बीच एकीकरण हुने ब्यापक चर्चा चलिरहेको छ।  त्यही राष्ट्रिय सम्मेलन उद्घाटन सत्रमा बोल्दै मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले माओवादी पार्टी बीच एकीकरणका लागि कडा तीन शर्त अघि सारेका छन्।

नेता गजुरेलले नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे । उनले जनयुद्धपूर्वको माओवादी केन्द्रीय कमिटीको बैठकको प्रतिबद्धता पालना गर्नुपर्ने , जनयुद्धको लक्ष्यअनुसार जनगणतन्त्र स्थापनाका लागि तयार हुनुपर्ने, एमसीसीलगायतका सम्झौता खारेजी र नेपाली भूमि फिर्ताको पक्षमा निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।

उनले अघि भने ‘जनगणतन्त्र स्थापनाको लक्ष्य पूरा गर्ने र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने निर्णय यो महाधिवेशनबाट गर्नुहोस् । तबमात्रै माओवादी एकताका लागि छलफल गर्ने ढोका खुल्छ। ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको टुटफुटको विषयलाई लिएर गम्भीर आत्मसमिक्षा गर्ने वताएका थिए। १० वर्षे जनयुद्धलाई हाकेको विशाल माओवादि अहिले विभिन्न समूह र पार्टीमा टुट फुट भएको छ। धुजा धुजा भएको छ।

प्रतिक्रिया