कैलालीको जुनेली शिविरमा दुई सय मिटरको दुरीमा दुई किशोर-किशोरी मृत भेटिए

कैलालीको जुनेली शिविरमा दुई सय मिटरको दुरीमा दुई किशोर-किशोरी मृत भेटिए


  • जन संचार
  • सोमबार, १२ पुष २०७८
  • 3.7K
    Shares

मृत भेटिए

कैलालीको जुनेली शिविरमा दुई सय मिटरको दुरीमा दुई किशोर र किशोरी मृत अवस्थामा भेटिएका छन्। गौरीगंगा नगरपालिका-३ जुनेली शिविरकी १६ वर्षीया सञ्जू चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा  भेटिएका हुन्।
आइतबार राति सञ्जू आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी र मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जूको मृत्युको १५ मिनेटपछि मायारामले पनि आत्महत्या गरेको पाइएको छ। दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया