लौ हेर्नुस ,गण्डकी प्रदेशका मन्त्री बिन्दु कुमार थापाको छोरा सौगातको तुजुक

लौ हेर्नुस ,गण्डकी प्रदेशका मन्त्री बिन्दु कुमार थापाको छोरा सौगातको तुजुक


  • जन संचार
  • आइतबार, ११ पुष २०७८
  • 34.2K
    Shares

शनिबार इशाई धर्मावलम्बीहरुले क्रिसमस भब्य रुपमा मनाए।  त्यसै क्रममा शनिबार राती पर्यटकीय नगरी पोखराको लेकसाइड अन्यदिनको तुलनामा स्वदेशी तथा बिदेशी पर्यटकहरुले भरिएको थियो।  ट्राफिक तथा नेपाल प्रहरीलाई सवारी जाम खुलाउन असजिलो नै भएको थियो।  त्यही क्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि बिन्दु कुमार थापाका छोरा सौगात थापाले तुजुक नै देखाए।


करीब साढे छ बजेको समयमा अति ब्यस्त मानिएको लेकसाइडमा सवारी ब्यबस्थापन गर्न खटिएका ट्राफिक प्रहरी हवल्दार राजेन्द्र नेपालीले no parking क्षेत्रमा पार्किङ्ग गरिएको गाडी हटाइ दिन मंत्री थापाका छोरा सौगातलाई अनुरोध गरे।  बाबु मन्त्री भएको शक्ति देखाउदै सौगातले आफ्नो घर अगाडी गाडी रोक्न पाउनुपर्छ भन्दै no parking बोर्डकै छेउमा गाडी रोकेर ट्राफिक प्रहरीलाई ललकार्दै उनी भित्र छिरे।  मन्त्रीका छोराले नै नियम कानून नमानेपछि अलि हच्किएर ट्राफिक प्रहरी हवल्दार नेपालीले करीब २० मिटर अगाडी गएर no parking क्षेत्रमा पार्किङ्ग गरिएको गाडीमा ह्वील लक गरिदिए।

उनी घरि घरि मन्त्रीकै छोराको गाडी तिर हेरिरहेका हुन्थे।  तर अन्य गाडीलाई no parking क्षेत्रमा सवारी पार्किङ्ग नगर्न अनुरोध गरिरहन्थे।  त्यो दृश्य पत्रकारले खिचेको देखेर असजिलो महशुश गरेका ट्राफिक प्रहरी हवल्दारले “तपाईं पत्रकार हो सर ?” भनेर सोधे।  त्यसको केही छिन पछि एक जना ट्राफिक प्रहरीले हातमा ह्विल लक बोकेर त्यही आइपुगे। उनले पनि no parking मा रोल्किएको मन्त्रीका छोराको गाडी तिर हेर्दै हेरेनन्।  सोझै हवल्दार साब सम्म पुगेर।  फटाफट no parking मा रोकिएको अर्को गाडिमा ह्विल लक पनि गरे।  झन्डै एक घण्टा भयो।  मन्त्री थापाका छोरा सौगात बाहिर निस्किएनन।  ट्राफिक प्रहरी हवल्दार साब आफुहरुले ह्विल लक गरेका सवारी धनीसंग कुरा गर्दै सवारी नियमका बारे सजग गराई रहेका देखिन्थे। त्यसैबीच वडा प्रहरी कार्यालय बैदामस्थित ट्राफिक प्रहरी बिटका इन्चार्ज आइपुगे।  उनले ट्राफिक नियम उल्लङ्घन गर्ने जसको गाडी भए पनि ह्विल लक गर्न निर्देशन दिए।  उनको निर्देशन बमोजिम नै ट्राफिक प्रहरी हवल्दार साबले मंत्री थापाका छोराले रोकी राखेको गाडीको ह्विल लक गरिदिए  र आफ्नो हाकिमको मोटरसाइकलमा बसेर हुइङ्किए पनि।

मोटरसाइकलमा हुइकिएका दुवै जना झन्डै १५ मिनेट पछि फर्किएर no parking क्षेत्रमा पार्किङ्ग गरिएको मन्त्री थापाको छोराको गाडीको ह्विल लक खोलिदिए।  त्यसपछि भने त्यो गाडी नजिकैको पार्किङ्गमा लगियो।  no parking बाट पार्किङ्ग क्षेत्रमा लैजाँदै गर्दा मन्त्री थापाका निजि सुरक्षा अधिकारी पनि सादा पोशाकमा त्यही गाडीमा देखिए।  करीब डेढ घण्टा no parking   क्षेत्रम गाडी रोकिदा न उनले no paarking रोक्न हुदैन हजुर भने न त्यहाँबाट गाडी हटाउने आबश्यकता नै ठाने।

गाडी पार्किङ्गमा राखेर फर्किए पछि भने मंत्री थापाका छोरा सौगात थापा रिसले चुर भएर पत्रकारमाथि जाई लाग्न थाले।  उनले “आज्ञा त ठिक छ।  भोली कहाँ जालस  भन्दै धम्क्याए।  उनको जिकिर थियो।  आफ्नो घर अगाडी गाडी पार्किङ्ग गर्न किन नदिएको ? उनले पत्रकारमाथि तथानाम बोलिरहदा घटनास्थल नजिक पुफेको जिल्ला प्रहरी कार्यालय कास्कीको भ्यानका प्रहरी नजिक नै परेनन्।

 

प्रतिक्रिया