आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव


  • जन संचार
  • शनिबार, १० पुष २०७८
  • 3.9K
    Shares

निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी वैशाख १४ गते एकै पटक सबै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले उक्त प्रस्ताव गरेका हुन् ।

वैशाख १४ गते एकैपटक निर्वाचन गर्दा आर्थिक मितव्ययिता, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा सामग्रीलगायत सबै कुरामा एकरुपता र सहज हुने पदाधिकारीहरुको सुझाव रहेको छ । साथै, कुनै कारणवश एकैपटक निर्वाचन गर्न नसके १४ र २२ वैशाखमा निर्वाचन गर्न सकिने आयोगका पदाधिकारीहरुले सुझाव दिएका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुँदैछ । र, संविधानको धारा २२५ अनुसार स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्नेछ । यसैअनुसार अहिले आयोगले आफ्नो स्पिरिट बढाएको छ । आगामी स्थानीय निर्वाचनमा आयोगले निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।

आयोगका पदाधिकारीहरुसँगको छलफलपश्चात प्रधानमन्त्री देउवाले सबै दलहरुसँग छलफल गरेर यसबारे निर्णय गरिने बताएका छन् । साथै, भोटिङ मेसिनबारे पनि दलहरुसँग समहति खोज्नुपर्ने र सबै क्षेत्रहरुमा नभएपनि निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्दै जाने पनि प्रधानमन्त्री देउवाले बताएका छन् ।

प्रतिक्रिया