फेरी नेपाली कांग्रेसको सभापति निर्वाचित भएका प्रधानमन्त्री शेर बहादुर देउबाले आफ्नो भारत भ्रमणको तयारीमा लागेका छन्। उनी पुसको अन्तिममा भारत भ्रमणमा जाने तयारीमा रहेको समाचार स्रोतको दाबी छ।
समाचारस्रोतका अनुसार, भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप-२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।
बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।