उपचार गर्न अस्पताल लगेका प्रहरीकै मोटरसाइकल चढेर दाङको घोराही कारागारका नाइके कैदी बिहीबार दिउँसो भागेका छन्। घोराही कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका राजपुर गाउँपालिका– २८ का जयराम परियार उनलाई नै उपचार गर्न अस्पताल लगेका प्रहरीकै मोटरसाइकल चढेर बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।
दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।
परियारले आफू बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा प्रहरी जवान धनबहादुर चौधरीले मोटरसाइकलमा राखेर परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए ।उपचारको प्रक्रिया भइरहँदा प्रहरीलाई छक्याएर कैदी परियार मोटरसाइकलसहित फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार, छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहीबार बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । प्रज चौधरीले उपचारका लागि भन्दै परियारको हतकडी खोलि दिएका थिए। त्यसपछि परियारले प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ । फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताए ।