२५ हजार रुपियाँ घुस मागिए पछि पुजारीले मरेको गाई मन्दिर परिसरमा गाडे

२५ हजार रुपियाँ घुस मागिए पछि पुजारीले मरेको गाई मन्दिर परिसरमा गाडे


  • जन संचार
  • बिहिबार, ८ पुष २०७८
  • 6.1K
    Shares

मन्दिर प्रांगणमा मरेको गाई ब्यबस्थापन गर्न उपमाहन्गरापालिकाको सरसफाई शाखाका प्रमुखले २५ हजार रुपियाँ घुस मागेपछि जनकपुरको एक मन्दिरका पुजारीले मन्दिर परिसरमा गाडेका छन्।

प्राप्त समाचार  अनुसार,जनकपुरधाम उपमहानगरपालिका–४ स्थित हनुमान दरबार प्रांगणमा बुधबार बिहानै गाई मरेपछी मन्दिरका पुजारी रामबालक दास वैष्णवले वडा कार्यालयमा जानकारी गराएका थिए । उपमहानगरको ४ नम्बर वडा कार्यालयले जनकपुरधाम उपमहानगरपालिकालाई आवश्यक पत्र पठाएको थियो।

तर उपमहानगरपालिकाको कार्यालयका सरसफाई शाखाका प्रमुख उपेन्द्र साहले वडाको सिफारिसपत्रका बाबजुद पनि २५ हजार रुपैयाँ माग गरेको पुजारी रामबालकको भनाइ छ । सरसफाई शाखा प्रमुख उपेन्द्रले गाईको शव व्यवस्थापनका नाममा २५ हजार रुपैयाँ घुस माग गरेको तर आफूसँग पैसा नभएकाले निराश भएर फर्किएको उनको भनाइ छ । यसबारेमा उपेन्द्र साहसँग प्रतिक्रिया लिन खोज्दा उनी बोल्न चाहेनन् ।

आफूले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका स्वकीय सचिव सुमित साहलाई समेत गाईको शव व्यवस्थापनका लागि आग्रह गरेको तर उनले पनि कुनै वास्ता नगरेको पुजारी रामबालकले बताए ।

बुधबार बिहानै गाईको मृत्यु भएपछि हनुमान दरवार र स्थानीय छिमेकीहरु सहित शवको व्यवस्थापनमा वडा कार्यालयदेखि जनकपुरधाम उपमहानगरको कार्यालय र सरोकारवालासँग पहल गरे पनि निरर्थक भएको स्थानीय उमेशचन्द्र झाले बताए । कसैले पनि वास्ता नगरेपछि बिहीबार दिउँसो प्रांगणमै सात फिट गहिरो खाल्डो खनेर गाईको शव व्यवस्थापन गरिएको पुजारी रामबालकले जानकारी दिए।

प्रतिक्रिया