संसद भवन अगाडी एमसीसीबिरुद्ध प्रदर्शन, क्रान्तिकारी माओवादीका नेता गजुरेलसहित ४२ जना पक्राउ

संसद भवन अगाडी एमसीसीबिरुद्ध प्रदर्शन, क्रान्तिकारी माओवादीका नेता गजुरेलसहित ४२ जना पक्राउ


  • जन संचार
  • मंगलबार, २८ मंसिर २०७८
  • 3.6K
    Shares

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध ससंद् भवन अगाडि आज प्रदर्शनमा उत्रिएका नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आजबाट शुरु भएको संसदबाट एमसीसी सम्झौता पारित हुने हल्ला चलेसंगे विभिन्न राजनीतिक दलहरुले आज संसद भवन बाहिर प्रदर्शन गरेका थिए। एमसीसी संसद्बाट पारित नगर्न माग गर्दै उनीहरुले संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरिरहेका थिए।  नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, विश्वभक्त दुलाल ‘आहूति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत विभिन्न दलका नेताहरूले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

एमसीसी बिरोधी प्रदर्शनका क्रममा भएका घाइतेहरु

दर्जनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, दलालहरु होसियार, ‘एमसीसी खारेज गर,’ लगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए ।

एमसीसीको विरोध गर्दै सडकमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको थियो भने प्रहरीले गरेको लाठीचार्जबाट केही प्रदर्शन कारीहरु घाइते भएका छन्।

 

प्रतिक्रिया