नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपमहासचिव ज्ञवालीले आफुलाई कोरोना संक्रमण देखिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन्।
ज्ञवालीले सामाजिक संजालमार्फत विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा रहेका सबैलाई सजग र सुरक्षित रहन र कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध पनि गरेका छन् । साथै उनले सम्पर्कका लागि टेलिफोन/मोबाइलको साटो एसएमएस या इमेल प्रयोग गरिदिनु बिशेष अनुरोध गरेका छन्।