नेकाँ सभापति पद : दोश्रो चरणको चुनाब आजै आजै साढे ३ बजेदेखि

नेकाँ सभापति पद : दोश्रो चरणको चुनाब आजै आजै साढे ३ बजेदेखि


  • जन संचार
  • मंगलबार, २८ मंसिर २०७८
  • 3.7K
    Shares

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो।
नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो । पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ । यसअघि सभापतिको दौडमा रहेका प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा व्यस्त छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न शेरबहादुर देउवा र शेखर कोइरालाले प्रयास जारी राखेका छन् ।

देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानसँग छलफल गरेर चाक्सीबारीबाट फर्किएका छन् । उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएको उनी निकट स्रोतले बतायो ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

अब दोस्रो चरणको निर्वाचनमा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

प्रतिक्रिया