कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने, देउवा र शेखर भिड्ने

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने, देउवा र शेखर भिड्ने


  • जन संचार
  • मंगलबार, २८ मंसिर २०७८
  • 2.6K
    Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो।

कांग्रेस विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुन्छ। पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।

नेपाली काँग्रेसमा शेरबहादुर देउवाको विकल्पमा नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका प्रकाशमान, विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मतसमेत जोड्दा  देउवाको भन्दा बढी हुन जान्छ । तर, देउवाको विकल्प खोज्नेहरुले साझा उम्मदेवार नउठाएका कारण पहिलो चरणमा कसैले पनि जित हात पार्न नसकेको हो ।
दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया