कमल थापाले राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पूर्वराजाद्वारा राप्रपामा भएको हस्तक्षेपबारे छानबिन गर्न माग गरे

कमल थापाले राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पूर्वराजाद्वारा राप्रपामा भएको हस्तक्षेपबारे छानबिन गर्न माग गरे


  • जन संचार
  • मंगलबार, २८ मंसिर २०७८
  • 2.2K
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र लेखेर पार्टी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले गरेको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन्।

पत्रको सुरूमा लिङ्देनलाई बधाई दिँदै थापाले महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन्।

राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको दाबी गर्दै थापाले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न भनेका छन्। उनले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि बताएका छन्।

प्रतिक्रिया