काँग्रेसको सभापति पदमा कल्याण गुरुङको उम्मेदवारी दर्ता, देउबा र पौडेललाई प्यानल बनाउन सकस, कोइराला परिवार विभाजित

काँग्रेसको सभापति पदमा कल्याण गुरुङको उम्मेदवारी दर्ता, देउबा र पौडेललाई प्यानल बनाउन सकस, कोइराला परिवार विभाजित


  • जन संचार
  • शनिबार, २५ मंसिर २०७८
  • 3.9K
    Shares

पार्टीभित्र देखिएको शेरबहादुर देउबा र रामचन्द्र पौडेल समुहमा नेतृत्वको लागि उम्मेदवार चयन गर्न सकस चलिरहेका बेला कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ । काँग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।

नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि बिशेष गरी दुई प्यानल खडा हुने स्थिति देखिएको छ। यसभन्दा अघि आफ्नो प्यानल बनाएका कृष्ण प्रसाद सिटौलाले शेर बहादुर देउबा प्यानललाई समर्थन गरेका छन्।

शेर बहादुर देउबा र एआम्चन्द्र पौडेल समूह बनेर चुनाबमा जाने तयारी भैरहदा नेपाली कांग्रेसमा पारिवारवाद लादेको आरोप खेपेको कोइराला परिवार विभाजित भएको छ।  कोइराला परिवारमा रहेका सुजाता , सशांक र शेखर कोइराला मध्ये कोइराला पुत्री समेत रहेकी सुजाता कोइरालाले प्रकाश मान सिंहलाई सभापति पदमा सहयोग गर्ने  भएकी छिन।  रामचन्द्र पौडेल समुहमा नै रहेका सशांकले शेखर कोइरालालाई सभापति पदमा सहयोग गर्ने बचन दिएका छन्।  तर पौडेल समुहमा नै रहेका लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले आफ्नो पक्षमा सहमति नभए आफुले सभापति पदमा उम्मेद्वारी दर्ता गर्ने संकेत दिएका छन्।  उता आफ्नो समुहको नेतृत्व गरिरहेका रामचन्द्र पौडेलले आफु सभापति पदको दाबी गर्नबाट पछि हटेको सार्वजनिक गरेका छन्।

 

प्रतिक्रिया