राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक : पुर्व राजा ज्ञानेन्द्र

राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक : पुर्व राजा ज्ञानेन्द्र


  • जन संचार
  • शुक्रबार, २४ मंसिर २०७८
  • 2K
    Shares

ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएको बताएका छन्। बिहीबार पुर्व राजा यानेन्द्रको सम्वाद सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाहले राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएको जनाएको हो ।

जारी सूचनामा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामायिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसंग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखि बक्सनु स्वभाविक हो ।’
पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।’ त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ । त्यस्तै पूर्वराजा शाहले कुनै किसिमको सामाजिक सञ्जाल प्रयोग नगरेको उल्लेख गर्दै जारी सूचनामा भनिएको छ, ‘तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ ।’ यसका साथै निराधार कपोल्कल्पित भ्रम जालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपु¥याउन सबैमा अग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया