पिकनिक खान हिडेका शिक्षक, बिद्यार्थी चढेको जीप लमजुङमा दुर्घटनाग्रस्त, तीन जनाको निधन, नौ घाइते

पिकनिक खान हिडेका शिक्षक, बिद्यार्थी चढेको जीप लमजुङमा दुर्घटनाग्रस्त, तीन जनाको निधन, नौ घाइते


  • जन संचार
  • बिहिबार, २३ मंसिर २०७८
  • 3.5K
    Shares

पिकनिक खान हिडेका शिक्षक, बिद्यार्थी चढेको एक जीप लमजुङमा दुर्घटनाग्रस्त हुँदा शिक्षक र बिद्यार्थी समेत गरी तीन जनाको निधन भएको छ भने अन्य नौ जना घाइते भएका छन।

मर्स्याङ्दी गाउँपालिका-२ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थीलाइ लिएर पिस हिलतिर पिकनिक खान हिडेको ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-८ भुस्मे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार,

मृत्यु हुनेमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। घाइते भएका नौमध्ये दुई जनालाई थप उपचारका लागि चितवन पठाईएको छ भने बाँकी सात जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भैरहेको छ।

गणेश माविबाट पिकनिक खान हिडेका तीन जीप शिक्षक बिद्यार्थी मध्ये एउटा जीप दुर्घटनामा परेको बताइएको छ।  घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी परिचालित भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया