प्रचण्डपुत्रीलाई चुनाब जिताउन मतपत्र च्यात्ने र सदर गर्ने सबै माओवादी केन्द्रको निर्वाचन विभागमा नियुक्त

प्रचण्डपुत्रीलाई चुनाब जिताउन मतपत्र च्यात्ने र सदर गर्ने सबै माओवादी केन्द्रको निर्वाचन विभागमा नियुक्त


  • जन संचार
  • बिहिबार, २३ मंसिर २०७८
  • 4.4K
    Shares

भरतपुर महानगरपालिकाको मेयरमा प्रचान्दपुत्री रेणु दाहाललाई जिताउन मतपत्र च्यात्ने र त्यस कार्यलाई सदर गर्ने सबैलाई नेकपा माओवादी केन्द्रले निर्वाचन विभागमा नियुक्त गरेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी र कांग्रेस गठबन्धनकी उम्मेदवार रेनु दाहाल पराजित हुने निश्चित देखिएपछि माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेका थिए । उनीहरु माओवादी केन्द्रले गठन गरेको निर्वाचन विभागमा परेका छन् नै, निर्वाचन आयोगका तत्कालिन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह पनि नेकपा माओवादी केन्द्रले गठन गरेको निर्वाचन विभागमा परेका छन्।  माओवादी केन्द्रले गठन गरेको निर्वाचन विभागमा अधिबक्ता खिमलाल देबकोटा संयोजक छन् भने सो विभागमा २८ जना सदस्य छन्।

मतपत्र च्यातेको आरोप लागेका मधु न्यौपाने र द्रोण सिवाकोटी

भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मतपत्र च्यातेकोलाई वैधानिकता दिएर पुनः मतदानको निर्णय गर्ने तत्कालीन निर्वाचन आयोगका दुवै पदाधिकारी यादव र साहलाई  एउटै विभागको सदस्य बनाइएको छ ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगमा मुद्दा परेको थियो । एमालेसहित अन्य दलले च्यातिएका मतपत्रसहित गणना गर्नुपर्ने माग गरेका थिए । तर, सो गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने देखिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी यादव र साहसहित बहुमतले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

एमालेले मतपत्र च्यात्ने काममा सरकारदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसम्मको सेटिङ रहेको आरोप लगाएको थियो । अदालतले मतपत्र च्यात्नेमा द्रोण र मधुलाई दोषी ठहर गर्दै एक–एक लाख रूपैया जरिवानासमेत गरेको थियो

प्रतिक्रिया