“नो लालपूर्जा, नो भोट’ भन्दै चितवनमा सुकुम्बासीहरुले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा सुकुम्बासीहरुले चितवनको रत्ननगरमा “नो लालपूर्जा, नो भोट’ भन्दै मंगलबार प्रदर्शन गरेका हुन् ।
आगामि निर्वाचन अगावै लालपूर्जा वितरणको काम थाल्न दवाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले जानकारी दिए । सयौंको संख्यामा सहभागि सुकुम्बासीहरुको र्याली निपनी चोकबाट सुरु भएर टाँडी चोक परिक्रमा गर्दै रत्ननगर नगरपालिकाको मुख्य गेटअगाडि प्रदर्शन गरेका थिए ।

उनीहरुले प्ले कार्डमा उधारो भोट माग्ने प्रथा बन्द गर, अबको काम लालपूर्जामा सुकुम्बासीको नाम, जस्को जोत उस्को पोत कायम गर लगायत नारा लेखेर प्रदर्शनमा उत्रिएका थिए । चितवनमा भोलि पनि सुकुम्बासीले प्रदर्शन गर्ने तयारी गरेका छन् ।
