राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनको फरक-फरक दुई प्यानल तयार

राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनको फरक-फरक दुई प्यानल तयार


  • जन संचार
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.9K
    Shares

राजावादीहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त पार्टीको एकता महाधिबेशनमा वर्तमान अध्यक्ष कमल थापा र उपाध्यक्ष राजेन्द्र लिङ्देनको फरक-फरक दुई प्यानल नेतृत्वका लागि चुनाबी मैदानमा उत्रिन लागेका छन्।
राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।
यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।
विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । यस विषयमा पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे थाहा नभएको बताए । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दैछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिंङदेनले पदाधिकारी चुनावका लागि आफ्नो प्यानल फाइनल गरेका छन् । पार्टीका चार उपाध्यक्ष र महामन्त्री पदमा उनको पक्षबाट लड्ने उम्मेदवारहरु तय भएका हुन् ।
राप्रपामा एक महिलासहित चार उपाध्यक्ष प्रतिनिधिको भोटबाट निर्वाचित हुने व्यवस्था छ । महिला उपाध्यक्षमा लीला श्रेष्ठ लिङदेन समुहकी उम्मेदवार बन्ने भएकी छन् भने अन्य तीन उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय लड्ने टुंगो लागेको छ ।
यस्तै तीन महामन्त्री पदका लागि क्रमशः डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् । राप्रपामा एक महिलासहित ३ महामन्त्री रहने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्री बाहेकका पदाधिकारीको भने चुनाव हुँदैन । उनीहरुलाई अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
राप्रपामा १९९ केन्द्रीय सदस्यमध्ये १४९ जनाको चुनाव हुने छ ।

प्रतिक्रिया