नेपाली काँग्रेसको वडा अधिवेशनमा झडप : मतदान अधिकृतसहित पांच जना घाइते

नेपाली काँग्रेसको वडा अधिवेशनमा झडप : मतदान अधिकृतसहित पांच जना घाइते


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 3.1K
    Shares

नेपाली काँग्रेसको सर्लाही जिल्लामा भएको वडा अधिवेशनमा आज पनि विवाद हुँदा भएको झडपमा परी मतदान अधिकृत सहित पांच जना घाइते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि मतदान अधिकृत झालाई बचाउन खोज्दा भएको झडपको क्रममा पांच जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार, झडपमा परेर झा सहित तीन जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएका छन् । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए । यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

प्रतिक्रिया