नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका छन्। पार्टीले कुनै पनि तहको जिम्मेवारी नदिएपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्।
उपाध्यक्ष पदका दावेदार पण्डितलाई केपी शर्मा ओलीले प्रस्ताब गरेको कुनै पनि पदमा नपरेपछि उनले असन्तुष्टि जनाएका छन्। शौँ महाधिवेशन निर्वाचन अध्यक्षमण्डलको सदस्य समेत रहेका पण्डितले सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै अघि भने, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएँ। दसौँ महाधिवेशनबाट विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना!’
पार्टीको नवौँ महाधिवेशनमा उनले उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए। तर पराजित भएका थिए। अहिले उनी संघीय सांसद छन्। उनले मोरङमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए।