अरु त अरु नै भए, नेकपा एमालेको ससदीय दलका प्रमुख सचेतक बिशाल भट्टराई नै एमालेको केन्द्रीय समितिको सूचीमा नपरेपछि एमालेभित्र खैलाबैला मच्चिएको छ। केन्द्रीय समिति सदस्य छनौट समितिले गरेको सिफारिशका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गएराती बन्दसत्रमा पार्टीका केन्द्रीय समितिका सदस्यहरुको नामावली प्रस्तावित गरेका थिए। तर त्यो सूचीमा भट्टराईको नाम नै नपरेपछि एमालेभित्र खैलाबैला मच्चिएको हो।
केन्द्रीय समिति सदस्यको नामावली प्रस्ताव गर्ने क्रममा ओलीले समितिमा नपरेका र असन्तुस्टहरुले चुनाबमा भाग लिन सक्ने जनाउ दिएका थिए। तर प्रमुख सचेतक भट्टराईले निर्धारित अवधिमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता नगरेको समाचारस्रोतले जानकारी दिएको छ।
भट्टराईले दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए । . ओलीका विश्वास पात्र मानिएका भट्टराईले आफ्नो नाम केन्द्रीय समितिमा प्रस्तावित नभएकोमा असन्तुष्टि जनाएका छन्। पदाधिकारीमा आकांक्षा राखेका भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।
यस अघि ओलीका अति विस्वासिलो पात्र भनेर दाबी गरिरहेका ब्यबसायी दुर्गा प्रसाईले पनि आफु पार्टीको केन्द्रीय समितिमा सिफारिस्श नभएकोमा असन्तुष्टि जनाएका थिए।