एमालेको बरिष्ठ उपाध्यक्षसहित पांच पदाधिकारीहरु निर्बिरोध निर्वाचित

एमालेको बरिष्ठ उपाध्यक्षसहित पांच पदाधिकारीहरु निर्बिरोध निर्वाचित


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 4.1K
    Shares

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । पाटीको बरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव पदमा निर्बिरोध भएको हो। अद्यापि औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ।

नेकपा एमालेको दशौँ महाधिबेशनबाट  बरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल  र महासचिबमा शंकर पोखरेल निर्बिरोध निर्वाचित भएका छन्।  त्यस्तै तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन मण्डलले उम्मेदवारी दर्ताका लागि दिएको निर्धारित समयमा दोश्रो व्यक्तिको उम्मेदवारी नपरेपछि बरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल  र महासचिबमा शंकर पोखरेल तथा अन्य तीन उपमहासचिव पदमा निर्बिरोध निर्वाचित भएका हुन्।

निर्वाचन मण्डलले दिएको जानकारी अनुसार, एमालेको अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान उपाध्यक्ष भिम रावलले उम्मेदवारी दिएका छन्।  ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ । त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो ।

 

प्रतिक्रिया