रावलको अध्यक्षमा उम्मेदवारी दर्ता : पार्टीको निर्णयविपरीत ओलीद्वारा आफ्नो प्यानल घोषणा

रावलको अध्यक्षमा उम्मेदवारी दर्ता : पार्टीको निर्णयविपरीत ओलीद्वारा आफ्नो प्यानल घोषणा


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 3.9K
    Shares

एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीभित्र प्यानल बनेर चुनाबी मैदानमा नजाने निर्णयबिरुद्ध केपी शर्मा ओलीले गएराती आफ्नो प्यानल घोषणा गरेका छन्।  बन्दसत्रमा घोषणा गरिएको ओली प्यानलमा पार्टी विभाजनमा सक्रिय रही अन्तिम समयमा माधब नेपालसंग नगई १० बुंदे सहमति गरी एमालेमै रहेका १० जना नेतामध्ये पांच जनालाई पदाधिकारीको उम्मेदवार बनाइएको छ भने डबल नेकपा विभाजित हुँदा नेकपा एमालेमै रहेका तीनजना माओवादीका  नेताहरुलाई ओलीले आफ्नो प्यानलमा समेटेका छन्। तर आफ्नो विस्वासिलो पात्र मानिएका गोकुल बास्कोटा र महेश बस्नेतलाई कुनै पदाधिकारीको रुपमा अघि सारिएको छैन।

प्राप्त समाचार अनुसार, नेकपा एमालेभित्रको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुमध्ये पाँच जना अध्यक्ष केपी ओलीको पदाधिकारी सूचीमा परेका छन् । जसअनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे उपाध्यक्षको सूचीमा अटाएका छन् भने सचिवमा योगेश भट्टराई र गोकर्ण विष्ट अटाएका छन् । तर १० बुँदे पक्षधर नै रहेका घनश्याम भुसाल ओलीको प्रस्तावित पदाधिकारी सूचीबाट आउट भएका छन् । उनले उपाध्यक्षमा दावी गर्दै आएका थिए।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादीका तीन नेताको नाम पदाधिकारीमा प्रस्ताव गरेका छन् । गए रातिको बन्दसत्रमा ओलीले रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीको नाम प्रस्ताव गरेका हुन् । ओलीले सो नाम हलमा प्रस्ताव गरेसँगै उनीहरुले सोही अनुसार आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ । सो सबै पदमा चुनाव हुने भएको र हलबाट अनुमोदन नभएकाले मनोनयन दर्ता गराउनुपर्ने भएको हो ।

ओली बादललाई उपाध्यक्ष बनाएका छन् भने भट्ट र रायमाझीलाई सचिव बनाएका छन् । उनीहरु तत्कालीन नेकपा विभाजित भएपछि माओवादीतिर नगरेर एमाले​मै बसेका थिए । अर्का नेता प्रभु साहलाई पनि केन्द्रीय समिति सदस्यमा प्रस्ताव गरिएको छ ।

एमाले अध्यक्षमा ओलीलाई चुनौति दिँदै भीम रावलले उपाध्यक्षमा घनश्याम भुसालले दावी गरेपछि तथा उनीहरुले चुनावी प्रक्रियामा जानुपर्ने बताएपछि निर्वाचन कार्यक्रम तय गरेर मतदानमा जान लागिएको हो ।

प्रतिक्रिया