निर्माणाधीन भूकम्प प्रतिरोधी भाेजपुरकाे कावा खोलापुल भाँच्चियो

निर्माणाधीन भूकम्प प्रतिरोधी भाेजपुरकाे कावा खोलापुल भाँच्चियो


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 4K
    Shares

भूकम्प प्रतिरोधी पुलको रुपमा भाेजपुरकाे कावा खोलामा निर्माणाधीन पुल भाँचिएको छ । स्वीस सरकारको पांच करोड रुपैयाँभन्दा बढीको लागतमा हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा निर्माणाधीन पुल भाँचिएको हो  ।

४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियाे । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको छ । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

भाेजपुरलाई उत्तर–दक्षिण जोड्ने गरी कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै चरणमा ढलेपछि स्थानीय निरास बनेका छन् ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको कामकाे थालनी गरिएकाे थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा जान सहज हुने विश्वास लिइएकाे थियाे ।

भोजपुरमा प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई वटा गरी १० वटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।

प्रतिक्रिया