चर्को बाद, बिबाद र प्रतिवादका बीच ओलीद्वारा पदाधिकारी प्रस्ताव, रावललाई हलको मतभन्दा बाहिर नजान आग्रह

चर्को बाद, बिबाद र प्रतिवादका बीच ओलीद्वारा पदाधिकारी प्रस्ताव, रावललाई हलको मतभन्दा बाहिर नजान आग्रह


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 5.6K
    Shares

चर्को बाद, बिबाद र प्रतिवादका बीच नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य केपी शर्मा ओलीले एकतर्फी रुपमा पदाधिकारी प्रस्ताव पेश गरेका छन् ।

ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रस्ताव गरेका छन भने महासचिबमा शंकर पोखरेललाई अघि सारेका   छन।  उनले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्बाङको नाम लिए । उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल प्रस्ताव गरेका छन् । त्यस्तै सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठलाई प्रस्ताव गरेका छन् ।

भीम रावललाई मनाउने प्रयास गरेका उनले हलको मतभन्दा बाहिर नजान आग्रह गरे । तर रावलले आफ्नो अडान छाडेनन् ।

 

 

प्रतिक्रिया