एमाले महाधिबेशन: मध्यरातमा बन्दसत्र शुरु, ओलीले सम्बोधन गर्दै, निर्वाचन तालिका सार्वजनिक

एमाले महाधिबेशन: मध्यरातमा बन्दसत्र शुरु, ओलीले सम्बोधन गर्दै, निर्वाचन तालिका सार्वजनिक


  • जन संचार
  • सोमबार, १३ मंसिर २०७८
  • 3.4K
    Shares

बिहान आठ बजे शुरु हुने भनिएको नेकपा एमालेको महाधिबेशनको बन्द सत्र झन्डै साढे १६ घण्टा पछि मध्यराती साढे १२ बजे चितवनको सौराहामा शुरु भएको छ।  सर्वसम्मत प्रयास गर्दा विफल भएपछी एमाले एमली महाधिबेशनको लागि बनाइएको अध्यक्ष मण्डलको बैठकपश्चात मध्यराती बन्द सत्र शुरु भएको हो।

मध्यरातमा शुरु भएको बन्द स्तरमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् भने निर्वाचक मण्डलले निर्वाचन कार्यक्रम समेत प्रकाशन गरिसकेको छ।  निर्वाचक मण्डलले निर्वाचन कार्यक्रम घोषणा गरिसकेपछि अध्यक्ष पदका दाबेदार भिम रावलले आफ्नो उम्मेद्वारी फारम भरेर तयार पारेका छन्।

उता केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि पार्टी विधानको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

अध्यक्ष मण्डलले गरेको निर्णयअनुसार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको प्रमुख डा. विजय सुब्बाले जानकारी दिए । निर्वाचन कार्यक्रमअनुसार केहीबेरमा मतदाता नामावली सार्वजनिक हुनेछ भने साति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुरा गरेर राति २ः १० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

निर्वाचन कार्यक्रमअनुसार भोलि विहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । यद्यपि उम्मेदवारहरुको संख्या धेरै भए विद्युतीय भोटिङ मेसिनमा नाम इन्ट्री गर्न समय लाग्ने र ९ बजे मतदान सुरु गर्ने कार्यतालिका प्रभावित हुने निर्वाचन आयोगका प्रमुख सुब्बाले बताए ।

सहमति नभएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाएको हो भन्ने प्रश्नमा उनले भने, होइन, चुनाव भएपनि नभएपनि हामीले यो तयारी गर्नुपर्छ । सर्वसम्मत भयो भने त्यो राजनीतिक निर्णय हुन्छ । निर्वाचनको प्रक्रियामा छिरेर हामीले निर्विरोध घोषणा गर्नुपर्छ ।’

प्रतिक्रिया