जाजरकोटमा बस दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु, २७ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु, २७ घाइते


  • जन संचार
  • आइतबार, १२ मंसिर २०७८
  • 7.5K
    Shares

जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन ।

नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी वजारका लागि आउँदै गरेको ना ७ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस आइतबार बिहान २ बजे जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो । बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे सडकमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले विहान २ वजे बस दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइते हरुको उद्धारगरी जिल्ला अस्पताल जाजरकोटमा पुर्याएको बताए ।

मृतकहरुको पहिचान नभएको र घाइते हरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताए । बस केकसरी दुर्घटना भएको वारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।   घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ ।

प्रतिक्रिया