मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेका भाकपा मार्क्सवादीका नेता शर्माको खुलासा

मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेका भाकपा मार्क्सवादीका नेता शर्माको खुलासा


  • जन संचार
  • शनिबार, ११ मंसिर २०७८
  • 5.5K
    Shares

भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापना गराउन लागि परेको खुलासा गरेका छन् ।

नेकपा एमालेका बन्द सत्रलाई सम्बोधन गर्दै शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको खुलासा गरे । उनले अघि भने,”भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ। फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको छ । ‘

उनले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत गराएका छन् । उनले मोदीको तानाशाही सरकारलाई किसान आन्दोलनको बारेमा बझ्नु पर्ने बताएका छन् । बंगलादेश कम्युनिष्ट पार्टीका नेता अब्दुल्ला अल काफीले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया