सर्वोच्चको विवादबारे सत्ता गठबन्धनले केही दिनमै दृष्टिकोण बनाउँछ : प्रधानमन्त्री देउवा

सर्वोच्चको विवादबारे सत्ता गठबन्धनले केही दिनमै दृष्टिकोण बनाउँछ : प्रधानमन्त्री देउवा


  • जन संचार
  • शुक्रबार, १० मंसिर २०७८
  • 2.2K
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको विवादबारे सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक/दुई दिनमै दृष्टिकोण सार्वजनिक गर्ने बताएका छन्।

सर्वोच्च अदालतको विवादबारे ध्यानाकर्षणपत्र बुझाउन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटर पुगेका नेपाल बार एसोसिएसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूलाई देउवाले उक्त कुरा बताएका हुन्।

भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसंगतिविरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेको श्रेष्ठले बताए।

भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वोच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्वअध्यक्षहरु, पूर्वमहासचिवहरु, पूर्वमहान्याधिवक्ता, पूर्वसभामुखलगातय उपस्थिति थिए।

प्रतिक्रिया