नेकपा एमालेका महाधिवेशनकाकारण चितवनका मुख्य बजार नारायणगढ र भरतपुर लगायत अन्य क्षेत्र अस्तव्यस्त बनाएको छ । ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त बनाउन प्रयास भनिएपनि बिहानदेखिनै नारायणगढ बजार भरिदै गएको छ । तर न त आएका पाउनाहरुको सवारी साधन पार्किङ्ग गर्न ठाउंँ छ , नत हिड्नलाई बाटोनै । ट्राफिक व्यवस्थापनले भीड व्यवस्थावन गर्न नसक्ने भन्दै आज बिहान १० बजेबाट नारायणगढ र भरतपुर छिर्ने चारै नाकामा सवारीसाधन चल्न रोक लगाएपनि यसले कुनैपनि सकारात्मक प्रभाव परेको देखिदैन ।
चितवन अन्य जिल्ला बाट १०० भन्दा ट्राफिक एकहजार भन्दा बढी प्रहरी परिचालन गरिएपनि सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । अहिलेपनि देशका विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता आउने क्रम जारी छ । उनीहरुले आफूहरु अन्यौल र अलपत्र भएको बताएका छन् ।
नारायणी नदी किनार अहिलेनै भरिन उद्धघाटन हुनु पूर्वनै भरिन लागेको अवस्था छ । ट्राफिक र अन्य व्यस्थापनका विषयमा जिल्ला ट्राफिक प्रहरी र प्रमुख जिल्ला अधिकारी लाई सम्पर्क गर्न खोज्दा फोन रिसिभ हुन सकेन ।
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ।
नारायणी नदी किनारमा महाधिवेशनको आज १२ बजे उद्घाटन हुनेछ, तर बिहानैदेखि नारायणी नदी किनार भरिसकेको छ । नेता तथा कार्यकर्ताहरू नारायणी नदीकिनार पुगेर ठाउँ ओगटीसकेका छन् ।
नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ मै सक्ने योजना बनाइएको छ। रावलले कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्ने जानकारी दिइन् ।
महाधिवेशनको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन । ‘उद्घाटनसत्र छोटो–मिठो बनाउने योजना बनेको छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कने छ,’ नेता रावलले भनुभयो , ‘जनजातिहरुको झाँकी, बाजा सहितको ¥याली पनि निस्कने छ ।’
जातीय संगठनहरुले टोल टोलबाट समन्वय गरी विभिन्न जनजातीको भेषभुषा सहितको ¥याली सहभागी हुने छन् । चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरु आउनेछन् ।
पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नुहुने छ । पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नुहुने छ ।
मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछ । उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ । बन्दसत्र सौराहामा भोलि विहान साढे ८ बजेदेखि सुरु हुनेछ ।