छाङरु र तिकंरको जनगणना गरेर गणकहरु हेलिकप्टरमा सदरमुकाम फर्किए

छाङरु र तिकंरको जनगणना गरेर गणकहरु हेलिकप्टरमा सदरमुकाम फर्किए


  • जन संचार
  • बिहिबार, ९ मंसिर २०७८
  • 4.3K
    Shares

छाङरु र तिकंरको जनगणना गरेर गणकहरु नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम खलंगा फर्किएका छन्। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना  गरेको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको हो ।

भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेका थिए । मंसिर ३ गते दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली मंसिर ६ गते छाङरु पुगेर जनगणना सुरू गरेको थियो । जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र लोकेन्द्र टेर बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले जिल्ला सदरमुकाम खलंगा ल्याएको हो ।

दुम्लिङबाट एक जना स्थानीय बाटो देखाउने मान्छे लगेर गएको थियो । खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका २ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको थियो । ‘

‘जादाँ जोखिमपुर्ण यात्रा गरी चार दिन हिँडेर गएका थियौँ, आउँदा विभागले हेलिकोप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम पुग्यौँ’, कार्कीले भने ।

बाटो जोखिमपूर्ण भएकाले गणना टोलीलाई फिर्ता गर्नका लागि विभागलाई हेलिकोप्टरको व्यवस्था गर्न जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अनुरोध गरेका थिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले जनगणना टोलीलाई सदरमुकाम फिर्ता ल्याएको कार्यालय प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया