कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकको निधन, थप १७ जना कोरोना संक्रमित थपिए

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकको निधन, थप १७ जना कोरोना संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ मंसिर २०७८
  • 4.6K
    Shares

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक जनाको निधन भएको छ भने थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण भएका म्याग्दी रघुगंगा गाउँपालिका–३ की ६१ बर्षिया बृद्धाको होम आइसोलेसनमा नै निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

 

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १९४ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८ महिला र ९ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १०,स्याङजा ३ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ८०३ पुगेको छ ।

गण्डकीमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ की ६१ बर्षिय कोरोना संक्रमित महिला रहेकी छन् । उनको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार १८६ पुगेको छ भने होम आइसोलेसनमा १७२ जना रहेका छन् ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २०८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया