नेकपा माओवादी केन्द्रले पार्टीको विधानमा सामान्य संशोधन गरेर सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको माओवादी केन्द्रले जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको जनाइएको छ ।
संशोधित नयाँ बिधान अनुसार, माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र रहनेछन।