नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फ़ाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिपमा बुधबारको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए।
बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै उपाधिका लागि नेपालसँग भिडन्त गर्नेछ।
कप्तान सुनिल क्षेत्रीको दुई गोलमा आयोजक तथा साविक विजेता माल्दिभ्समाथि ३-१ को जित दर्ता गर्दै भारत फाइनल पुग्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले यसअघि नेपाललाई १-० ले पराजित गरेको थियो भने श्रीलंका र बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।
भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो ।
भारतका लागि ३३ औं मिनेटमा मनवीर सिंहले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा अलि अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई पुन: अघि बढाए । ७१ औं मिनेटमा सुनिलले फ्रिकिकमा आएको पासलाई सदुपयोग गर्दै ३-१ ले अघि बढाए ।
खेलको ८० औं मिनेटमा भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयमा लगातार विरोध गरेका उनले खेलमा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि बेन्च छाडेका थिए । उनले अब फाइनलमा पनि बेन्चमा बस्न पाउने छैनन् ।
नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो।
फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।
यसैबीच नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका छन् ।
आज माल्दिप्सको राजधानीमा मालेमा भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।
नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका छन् ।
आज माल्दिप्सको राजधानीमा मालेमा भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।
यसैबीच खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् ।
प्रेस मिटमा आक्रामक भएर प्रस्तुत भएका उनले आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे । उनले भने–‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’
प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।
आजको खेलको विश्लेषण गर्र्दै उनले भने–‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’