आज नेपालमा को’रोना भाइ’रसका २ हजार ४ जना संक्र’मित थपिएका छन् । योसंगै कुल संक्र’मितको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज १ हजार ८ सय ४६ जना संक्र’मणमुक्त भएका छन् । हालसम्म ७ लाख २१ हजार १ सय ८२ जना संक्रम’णमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज पछिल्लो २४ घन्टामा १४ हजार ६ सय ५० जनाको परीक्षणमा उक्त संक्र’मण पुष्टि भएको हो ।
त्यस्तै, हालसम्म ३३ हजार ९ सय ४६ जना संक्र’मितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । आज १६ जनाको नि’धन भएसँगै नेपालमा कुल मृ’तकको संख्या १० हजार ७ सय ८६ पुगेको छ ।