सरकारसंग भएको सम्झौताविपरीत ब्यबस्थापनले मणिपाल शिक्षण अस्पतालले निजी क्षेत्रलाइ बेचेको समाचारहरु सार्वजनिक भैरहदा नेपाल कम्युनिस्ट पार्टी माओवादीले मणिपाल अस्पताल निजी क्षेत्रलाई बेच्ने कार्त्यको बिरोध गरेको छ।
क. नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी गण्डक ब्युर इन्चार्ज गौरबले आज एक प्रेस बिज्ञप्ति प्रकाशन गर्दै मणिपाल अस्पताल निजी क्षेत्रलाई बेच्ने कार्त्यको बिरोध गरेको हो
नेपाल सरकारले मणिपाल ब्यबस्थापनलाई ४९ वर्षका लागि अस्पताल संचालन गर्न अनुमति दिएको अवस्थामा गण्डकी प्रदेश र रास्ट्रको साझा सम्पतिको रुपमा रहेको उक्त अस्पताल निजी क्षेत्रलाई बिक्रि गरिएको समाचारहरु प्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जानकारी दिंदै विज्ञप्तिमा उक्त अस्पताल किन्ने बेच्ने कार्य गैरकानुनी र सामाजिक अपराध भएकोउल्लेख गरिएको छ।
नव व्यापारिक घरानियाँहरु आनन्दराज बतास र नारायण पौडेलको समुहले साझा सम्पतिको रुपमा रहेको मणिपाल अस्पतालमा गिद्धेनजर लागाउने कार्य गरेको आरोप लगाउदै माओवादीले प्रचलित कानुन बमोजिम समाजको समीकरण नियम अनुसार मणिपाल अस्पताल जस्ताको तस्तै नेपाल सरकारको स्वामित्वमा ल्याउन अनुरोध गरेको छ। साथै जनताको साझा सम्पत्ति बेचबिखन हुदा समेत दलाल सरकारका मतियारहरु लाचार र मौन भएकोमा आपत्ति प्रकट गर्दै बिज्ञप्तिमार्फत मणिपाल अस्पताल निजी क्षेत्रलाई बेच्ने कार्यामा संलग्नहरुलाई जनकार्बाहि गर्न जनसमुदाय समक्ष हार्दिक अपिल गरिएको छ भने अस्पताल खरीद बिक्रि गर्ने कार्य तुरुन्त रोक्न चेतावनी पनि दिइएको छ।
