लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय निर्विरोध भएका छन् । संघको नयाँ नेतृत्वको लागि मंगलबार भएको उम्मेदवारको मनोनयन दर्तामा अध्यक्ष पदमा आत्रेयको एकल उम्मेदवारी परेको हो ।
आत्रेय वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका छन् । कार्यसमितिका अन्य पदाधिकारी पदमा भने काग्रेस र वामनिकट उम्मेदवारहरु एक अर्काका विरुद्ध उत्रिएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा भने विनोद कुमार श्रेष्ठ र भरतकुमार अधिकारीको उम्मेदवारी परेको छ । श्रेष्ठ द्धितिय उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए भने अधिकारी यसअघिको कार्यसमितिमा उपमहासचिव दुई पटक र महासचिव पदमा रहेर काम गरि सकेका छन् । राजनितिक हिसावले श्रेष्ठ एमाले र अधिकारी काग्रेस निकटका हुन
यसैगरी प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ओझा वर्तमान कार्यसमितिमा द्धितिय उपाध्यक्ष छन् भने श्रेष्ठ पुराना सदस्य हुन । उनी संघमा सदस्य, उपमहासचिव महासचिव र द्धितिय उपाध्यक्ष बनेपछि लामोसमय जापान बसेर फर्केका हुन । ओझा एमाले र श्रेष्ठ काग्रेस निकटका व्यवसायी हुन ।
द्धितिय उपाध्यक्षमा संघका महासचिव गोपिचन्द्र बास्तोला र कार्यसमितिका सदस्य शैलेन्द्र मोहन भट्टराई चुनावी मैदानमा उत्रिएका छन् । बास्तोला कोषाध्यक्ष, उपमहासचिव, महासविच हुँदै अहिले द्धितिय उपाध्यक्षको प्रतिस्पर्धामा रहँदा उनलाई कार्यसमितिकै सदस्य भट्टराईले टक्कर दिएका छन् । बास्तोला माओवादी केन्द्र र भट्टराई काग्रेस निकट हुन
यसैगरी समितिको महासचिवमा वर्तमान कार्यसमितिमा उपमहासचिव भै काम गरेका उपेन्द्र सुवेदी राजु र मेनका श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । चार कार्यकाल सदस्य रहेकी श्रेष्ठ कोषाध्यक्षमा बलियो दावेदार हुँदा हुँदै महासचिवमा उम्मेदवारी दिएकी हुन ।
सैगरी कोषाध्यक्ष पदमा भने कार्यसमितिका चार जना सदस्यहरुको भिडन्त हुने भएको छ । कार्यसमितिका सदस्यहरु भरत ओझा, रामजी पौडेल, भिमबहादुर वि.क र दिल कुमारी दाहाल सन्ध्याको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
खुल्ला आठ सदस्यमा भने २१ जनाको उम्मदेवारी परेको छ । धु्रववाबु भट्टराई, हरि बस्ताकोटी, निर्मल पौडेल, प्रमोद भण्डारी, बुद्धि बास्तोला, राधाकृष्ण अधिकारी, पुष्पमणि भण्डारी, राजन कल्याण वड्गामी, भरत थापा, टिकाराम सापकोटा, बिक्रम कर्माचार्य, बीरेन्द्र भण्डारी, इन्दिरा रोक्का, सुरेन्द्र त्रिपाठी, माधव तिवारी इन्द्र वहादुर थापा, जीबन तिवारी, खेमराज बराल, कृष्ण बहादुर अधिकारी, कुल बहादुर रानाभाट र लक्ष्मी प्रसाद ढुंगानामा चुनावी मैदानमा उत्रिका छन्
यसैगरी महिला दुई सदस्यका लागि गंगा मल्ल, शान्ति खनाल, रञ्जना बराल, तुलसी थापा क्षेत्री र बुद्धिकुमारी मगरका विच प्रतिस्पर्धा हुनेछ ।
एशोसियट सदस्यमा बीरेन्द्र बानिया र मेघराज पौडेलका विच प्रतिस्पर्धा हुनेछ भने संस्थागत सदस्यका लागि निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष राम बहादुर गुरुङ्ग र फर्निचर व्यवसायी महेश्वर आचार्यले उम्मेदवारी मनोनयन गराएका छन् ।
प्रथम उपाध्यक्ष र महासचिवमा एकल उम्मेदवारी पर्ने आंकलन गरिरहँदा एकाएक प्रकाशलाल श्रेष्ठ र मेनुका श्रेष्ठ मैदानमा उत्रिए पछि संघको निर्वाचन थप रोचक बनेको छ ।
पदाधिकारीमा संघका वर्तमान कार्यसमितिका सदस्यहरुले उम्मेदावरी दिएपछि नयाँ सदस्यका लागि समेत ठाउँ खाली हुने भएको छ । द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा गरी सात जना सदस्य प्रतिस्पर्धामा उत्रिएपछि त्यतिकै मात्रामा नयाँ सदस्यहरुका लागि ठाँउ खुल्ला भएको हो । वर्तमान कार्यसमितिको सदस्यमा रहेका र अहिलेपनि सदस्यमै उम्मेदवारी दिएकालाई भने संस्थापन पक्षको साथ रहने अनुमान गरिएको छ भने नयाँ सदस्यले भने जित हासिल गर्न निक्कै मेहनत गर्नु पर्ने देखिएको छ ।
सअघि बामपन्थी निकटका व्यवसायीहरु एकल प्यानल बनाएर अघि बढ्नेगरी तयारी गरेपनि अध्यक्षका विरुद्ध भने कसैको उम्मेदवारी नपर्दा छत्रधर आत्रेयले बाजी मारेका छन् । संघको निर्वाचनमा स्थानीय देखी राष्ट्रिय राजनीतिको समेत केही प्रभाव रहने व्यवसायीहरुले आंकलन गरेका छन् ।
केन्द्रमा वर्तमान सरकारको गठबन्धनका दलका जिल्ला स्तरिय नेताले संघमा पनि माथिकै लाइन अनुसार अघि बढ्न निर्देशन दिएको एक व्यवसायीले बताए । तर स्थानीय स्तरमा भने मत विभाजित हुने देखिएको छ । संघको १३ औं महाधिवेशन भदौ १८ र १९ गते हुँदैछ । एक हजार ७ सय ५१ सदस्यले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् ।