अब बाटो नभएको जग्गा राखेर २० लाख रुपियाँसम्म ऋण पाउने

अब बाटो नभएको जग्गा राखेर २० लाख रुपियाँसम्म ऋण पाउने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ भाद्र २०७८
  • 5.7K
    Shares

वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले मोटरबाटो नभएका जग्गाहरुमा ऋण लगानी गर्न आनाकानी गर्दै आएका थिए।  तर अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट २० लाख रुपैयाँसम्म ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै मोटर बाटो नभएको जग्गालाई २० लाख रुपैयाँसम्म ऋण दिन  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको गो।

१ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । यस किसिमका ऋण माग भइ आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

‘प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ’ निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार