नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ भाद्र २०७८
  • 3.9K
    Shares

नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्यले लगाउने जर्सी परिवर्तन गरिएको छ । सोमबार एक समारोहबीच नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालको राष्ट्रिय क्रिकेट टोलिको जर्सी अनावरण गरेको हो ।

रातो र निलो रङ्गको जर्सीको देब्रपट्टी माथि नेपाल क्रिकेट संघको लोगो र नेपालको राष्ट्रिय झण्डा अङ्कित गरिएको छ । जर्सीको प्रायोजक ‘माइ सेकेण्ड टिचर’ मध्य भागमा लेखिएको छ भने मुनि नेपाल लेखिएको छ । क्यानले करिब ४० दिन अघि जर्सीको नमूना तयार गर्न खुला गरेको थियो ।

उत्कृष्ट नमूना ठहरिनेलाई एक लाख रुपियाँ पुरस्कार दिइने क्यानले जनाएको थियो । क्यानको उक्त सूचना बमोजिम करिब पाँच सय जनाले राष्ट्रिय क्रिकेट टोलिको जर्सीको नमूना पठाएको थियो । जसमध्ये आदर्श पोखरेलले तयार गरेको नमूना क्यानले स्वीकृत गर्दै लागू गरेको हो ।

प्रतिक्रिया