जग्गा फि’र्ता गरेर उन्मु’क्ति पाएका नेकपा एमाले उप-महासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललिता नि’वासको सबै जग्गा फि’र्ता नगरेको पाइएको छ । उनले ३–३ आनाका दुई कित्ता जग्गा बि’क्री गरेको खुला’सा भएको छ।
सरकारी जग्गा लिएको आ’रोप लागेपछि छोरा नवीनको नामको रहेको आठ आना जग्गा एमाले उप-महासचिव पौडेलले सरकारलाई नै फि’र्ता गरेको घो’षणा गरेका थिए। छोरा नबिन पौडेलको नाममा रहेको आठ आना जग्गा सरकारलाई फि’र्ता गरेको भएपनि पौडेल परिवारले ललिता नि’वासभित्रकै अर्को दुई कित्ता जग्गा भने गोरखाकी नुतन श्रेष्ठलाई बे’चेको पाइएको छ ।
ज’नआ’स्था साप्ताहिकका अनुसार पौडेलकी श्रीमतीको नाममा रहेको तीन आना र छोरा नवीन पौडेलको नाममा रहेको ३ आना जग्गा श्रेष्ठले किनेकी हुन् ।
हाल बि’देशमा रहेकी नुतनकी बहिनी इन्दु सिंहले पौडेल परिवारको नाममा रहेको छ आना जग्गा कि’न्दा दिदी फ’सेको जनआ’श्था साप्ताहिकसँग गु’नासो गरेकी छिन । उक्त जग्गामा अहिले अढाई तले घरसमेत बनिसकेको छ । करोडौँ हालेर कि’नेको जग्गा विवा’दित भएपछि नुतन तना’वमा रहेकी ज’नआ’स्था साप्ताहिकको समाचारमा उल्लेख छ ।
पौडेलले भने जग्गा प्र’करणमा आफूसमेत फ’सेको बताउँदै आएका छन्। यसअघि उनले उक्त जग्गा डा शोभाकर ढकालबाट कि’नेको र सरकारी जग्गा भन्ने थाहा नपाएको बताएका थिए । तर, कतिपयले भने सर्वो’च्चका न्यायाधी’श कुमार रेग्मी र पौडेलले उप’हारस्व’रूप जग्गा पाएको दा’बी गरेका छन् ।
ढकाल लामो समयदेखि राणा र शाहहरुका विवा’दमा परेका जग्गा आफ्नो नाममा ल्याएर बे’च्ने काममा स’क्रिय छन् । त्यसैक्रममा ललिता नि’वासको सरकारी जग्गामा आँखा लगाएका ढकालले कानु’नी पाटो हेर्दिएवा’पत न्यायाधी’श रेग्मीलाई ८ आना र राजनी’तिक नेतृ’त्वलाई मनाएवा’पत पौडेलका छोराको नाममा १४ आना जग्गा पास गरिदिएको बताइन्छ ।
यसअघि जग्गा छा’न’विन गर्न ग’ठि’त पूर्वसचिव शारदाप्रसाद त्रिताल सं’योजकत्वको समितिले पौडेलका छोरा नविनको नाममा ८ आना जग्गा भे’टिएको बताएको थियो ।