निर्माणाधीन माछापुच्छ्रे गाउपालिका भवन अनुगमनमा देखिए यस्ता कमजोरीहरु, अनुगमन समितिको आयो कडा निर्देशन

निर्माणाधीन माछापुच्छ्रे गाउपालिका भवन अनुगमनमा देखिए यस्ता कमजोरीहरु, अनुगमन समितिको आयो कडा निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ साउन २०७८
  • 9.5K
    Shares

जिल्ला समन्वय समितको अनुगमन टोलीद्वारा कास्कीको माछापुच्छ्रे गाउपालिकामा निर्माणाधीन प्रशासकीय भवनको अनुगमन

झन्डै नौ करोड रुपियाँमा निर्माणाधीन अवस्थामा रहेको कास्कीको माछापुच्छ्रे गाउपालिकाको प्रशासकीय भवनको जिल्ला समन्वय समितिको अनुगमन टोलीले शुक्रबार अनुगमन गरेको छ।

जिल्ला वन अधिकृत, इन्जिनियर र सिमित पत्रकारहरु लिएर निर्माणाधीन प्रशासकीय भवन अनुगमन गर्न जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्री शुक्रबार लाहाचोक पुगेका थिए।

अनुगमन टोली निर्माणाधीन प्रशासकीय भवनको अनुगमन गर्न पुग्दा माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै जना उपस्थित थिएनन।  दुबैजना काम बिशेषले गाउपालिका बाहिर रहेको जानकारी अनुगमन टोलीलाई दिइएको थियो।

अनुगमन टोलीले निर्माणाधीन प्रशासकीय भवन परिसरमा भवन निर्माण सम्बन्धि विवरण खुलाएर सार्वजनिक रुपमा राखिएको नागरिक बडापत्र नदेखेपछि तुरुन्त भवन निर्माणस्थलमा योजनासम्बन्धी विवरण उल्लेख भएको सार्वजनिक नागरिक बडापत्र तुरुन्त राक्न निर्देशन दिएको थियो।

त्यस अनुगमन टोलीले भवन निर्माण सम्बन्धि नागरिक स्तरमा बुझ्न खोज्दा नागरिक अनुगमन समिति बनेको नदेखिएपछि तत्काल नागरिकस्तरमा नागरिक अनुगमन समिति निर्माण गर्न कडा निर्देशन दिएको थियो।

त्यसपछि अनुगमन टोलीले त्यहाँ उपस्थित स्थानीय बासिन्दाहरुसंग भवन निर्माणका बारेमा गुनासाहरु सुनेको थियो।  अनुगमन टोलीको अनुरोधलाई मनन गर्दै स्थानीय बासिन्दा शिव अधिकारीले भवन निर्माणका क्रममा झ्यालढोका हाल्दा गुणस्तरहीन र कमसल खालको काठ प्रयोग गरिएको दृष्टान्त प्रस्तुत गरेका थिए। त्यस क्रममा अधिकारीले वास्तविक सालको काठो आवाज र अन्य काठको आवाज फरक हुने भन्दै कमसल काठ र सक्कली सालको काठमा हानेर आवाज सुनाएका थिए।  त्यति मात्र हैन उनले बन्दै गरेको झ्यालमा हालिएका कुहिएको अवस्थाका  कमसल काठ औलाले कोट्याएर देखाइदिएका थिए। उनले यदि यस निर्माणाधीन भवनका केही झ्यालहरुमा बाहेक अधिकांशमा सक्कली सालको काठ प्रयोग भएको प्रमाणित भए आफुले फांसीको सजायं भोग्न तयार रहेको बताएकाराख्दै थिए।

स्थानीय बासिन्दा र माछापुच्छ्रे गाउपालिकाका प्राविधिकहरुको कुरा सुनेपछि जिल्ला समन्वय समिति कास्कीका सभापति बैन बहादुर क्षेत्रीले गुणस्तरहीन र कमसल काम भएको प्रमाणित भएमा ओ कोही भए पनि नछाडिने बचन दिएका थिए।  उनले गुणस्तरहीन र कमसल भनिएका झ्याल ढोकाका काठका नमुना संकलन गरी लगेर प्रयोगशालामा परीक्षण गरिने र त्यहाँबाट आउने परिणाम अनुसार कारबाही गरिने प्रतिबद्धता पनि जनाए।

जिल्ला सम्नावय समेतका सभापति बैनबहादुर क्षेत्रीले शुक्रबार राती आफ्नो फेसबुकमा स्टाटस राख्दै जिसस कास्कीको लागत साझेदारीमा निर्माण हुँदै गरेको माछापुच्छ्रे गाउँपालिका कास्कीको प्रमुख प्रशासकिय भवनमा प्रयोग गरिएको झ्याल ढोकाको चौकोस काठको गुणस्तरीयता सम्वन्धमा जनस्तरमा केही गुनासो आवज आएको हुँदा,आज प्राबिधिकहरु (वन अधिकृत,सिभिल ईन्जिनियर)संन्चारक्रमी राष्ट्रसेवक कर्मचारीहरु,स्थानीय वासिन्दाहरु र जिसस कास्की सहितको अनुगमन टिमले स्थलगत निरीक्षण गरिएको जानकारी दिएका छन्।

उनले आफ्नो स्टाटसमा “झ्यालमा प्रयोग भएको काठको जात र गुणस्तरको वारेमा जिल्लास्तरका निकायहरुको सहयोग लिने, त्यसवाट पनि एकिन हुन नसकेमा ल्याब टेस्टको लागि काठमाडौमा रहेको बनस्पति प्रयोगशालामा पठाउँनको लागि सहजीकरण गरिने ” उल्लेख गरेका छन्।

प्रतिक्रिया